कालिकामाई युवा समाजद्धारा स्कुलहरुमा जनचेतना कार्यक्रम आयोजन


बिकास पटेल,फागुन ३० पर्सा । कालिकामाई युवा समाज र इलाका प्रहरी कार्यलय पोखरियाको सहयोगमा कालिकामाइको स्कुलहरुमा जनचेतना कार्यक्रम सुरु गरेको छ । लागु औषध दूव्यसनी सम्बन्धी जनचेतना कार्यक्रम सुरु गरेको हो । लागु औषधको दुव्यसनीले समाजमा पार्ने नकारात्मक असरहरु तथा बिपद व्यवस्थापनमा कालिकामाई युवा समाजको भुमिका र नागरिकले कसरी सहयोग गर्न सक्छन् भन्ने जस्ता बिषयमा युवा समाजले जनचेतना अभियान सुरु गरेको कालिकामाइ युवा समाजका अध्यक्ष अकाश चौरसियाले जानकारी दिए ।

स्कुल तथा क्याम्पसमा पढने बिद्यार्थी लागु औषध दूव्यसनीमा फस्न नदिन तथा समाज सुधारमा महत्वपूर्ण निर्वाह गर्ने उदेश्य स्वरुप चौरसियाले कालिकामाइका स्कुलहरुबाट अभियान सुरु गरेको छ । इलाका प्रहरी कार्यलय पोखरियाका प्रहरी निरीक्षक प्रदिप पौडेलले कालिकामाइका स्कुलमा कक्षा ६ देखि १० सम्म पढने बिद्यार्थीहरुको लागि लागु औषध दूव्यसनी तथा बिपत व्यवस्थापन सम्बन्धी जनचेतना मूलक प्रस्तुति राखेका थिए । युवा तथा बिद्यार्थीहरु नै लागु औषधमा फस्न सक्ने र बिद्यार्थीहरुले नै यसको नियन्त्रण तथा जनचेतना सन्देशहरु प्रवाह गर्न मदत गर्न सक्ने भएकाले स्कुल तथा क्याम्पसहरुमा जनचेतना मुलक कार्यक्रम सुरु गरिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । लागु औषधको प्रयोगबाट युवा पिडिमा पर्ने असरहरुले समाजमा पार्ने नकरात्क घटनाहरु तथा बिभिन्न कानुनि अबस्था बारेमा जानकारी गराइएको थियो । बिद्यार्थीहरुलाई लागू औषध भनेको के हो ? लागू पदार्थ सेवन गर्दाका बेफाईदाहरु, समाजमा कस्ता असर पार्छ ? र कसरी निबारण गर्न सकिन्छ ? भन्ने बिषयमा जानकारी दिएका थिए ।

Advertisement

कार्यक्रममा लालबाबु प्र।चौरसिया, प्रदीप पौडेल, देव बहादुर डाँगी, आकाश महतो केवट, पप्पु पासवान, सुदिप चौरसिया, जितेन्द्र कुशवाहा, कृष्णा चौरसिया, कक्षा ७ देखि कक्षा १२को बिद्यार्थी,शिक्षक र नेपाल प्रहरीको उपस्थिति रहेको थियो र कार्यक्रम सञ्चालन सुधन गहतराजले गर्नु भएको थियो ।

Advertisement